भारत र पाकिस्तान द्वन्द्व चर्किँदै, मिसाइल र रकेट प्रहार तीव्र

वैशाख २६, २०८२ | काठमाडौं

भारत र पाकिस्तानबीच द्वन्द्व चर्किँदै गएको छ । पाकिस्तानले काश्मिरको विवादित सीमासहित भारतीय सेनाका चेकपोइन्ट ध्वस्त पारिएको दावी गरेको छ । 

काश्मिरको विवादित क्षेत्रलाई विभाजन गर्ने लाइन अफ कन्ट्रोल (एलओसी) नजिकैका ६ स्थानमा पाकिस्तानी सैनिकले भारतीय चेकपोइन्ट नष्ट गरेको एक पाकिस्तानी सुरक्षा स्रोतलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 चेकपोइन्टबारे र गोलाबारी कहिले भएको थियो भन्नेबारे दुवै मुलुकको तर्फबाट कुनै विस्तृत जानकारी दिइएको छैन । यसैबीच, भारतले गरेको हवाइ कारवाहीमा ३९ जना पाकिस्तानी नागरिकको मृत्यु भएको र ७५ जना घाइते भएको बताइएको छ ।   


प्रतिक्रिया