मणीपुरको केही भागमा कफ्र्यू
जेष्ठ २६, २०८२
जातीय समूहका नेताहरूको गिरफ्तारीलाई लिएर विरोध प्रदर्शन सुरु भएपछि भारतको मणीपुरको केही भागमा अधिकारीहरुले कफ्र्यू लगाएका छन् । इन्टरनेट सेवा समेत बन्द गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले सशस्त्र मेइतेई कट्टरपन्थी समूह, अरामबाई टेङ्गोलका प्रमुखसहित पाँच नेताहरूलाई हिजो पक्राउ गरेको थियो ।
भारतको शीर्ष अनुसन्धान एजेन्सीले सिंहलाई सन् २०२३ मा राज्यमा भएको हिंसासँग सम्बन्धित आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरिएको बताएको छ । बहुसंख्यक मेइतेई र अल्पसंख्यक कुकी बीच जातीय झडप भएपछि सन् २०२३ देखि मणिपुरमा हिंसा चर्किएको छ । द्वन्द्वमा हालसम्म २ सय ५० बढी मानिसले ज्यान गुमाएका छन् भने हजारौं विस्थापित भएका छन् ।