सिरियाको एक चर्चमा आत्मघाती बम विस्फोट हुँदा २२ जनाको मृत्यु

असार ९, २०८२ | काठमाडौं
सिरियाको दमास्कसस्थित एक चर्चमा भएको आत्मघाती बम आक्रमणमा परी २२ जनाको मृत्यु भएको छ । ६३ जना घाइते भएका छन् ।
सिरियाको आन्तरिक मन्त्रालयका अनुसार आइतबार साँझ स्थानीय ग्रीक अर्थोडक्स चर्चमा एक व्यक्तिले गोली चलाएपछि विस्फोट भएको हो । आक्रमणकारी जिहादी समूह इस्लामिक स्टेट आईएससँग सम्बद्ध रहेको आशंका गरिएको छ ।
यद्यपि घटनाबारे कुनैपनि समूहले जिम्मेवारी लिएको छैन । सार्वजनिक भएका तस्बिर र भिडियोमा विस्फोटका कारण चर्च भित्रका सिसा फुटेको तथा भित्तामा रगतका दाग देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इस्लामवादी नेतृत्वको विद्रोही सेनाले गत डिसेम्बरमा बसर अल–असदलाई अपदस्थ गरेपछि दमास्कसमा पहिलो पटक सो घटना भएको हो ।