युद्धमा अमेरिकालाई सहयोग गर्ने अफगानीलाई स्वेदेश फर्काउन तयार : अफगानिस्तान

रेडियो कान्तिपुर संवाददाता

वैशाख १२, २०८३ | काठमाडौं

अफगानिस्तानको विदेश मन्त्रालयले अमेरिकाको युद्ध प्रयासमा सहयोग गरेका र हाल कतारमा अमेरिकातर्फ जाने आशामा अड्किएका आफ्ना नागरिक स्वेदश फर्कन पाउने जनाएको छ । अफगानिस्तानको विदेश मन्त्रालयका प्रवक्ता अब्दुल कहार बल्खीले आज सो बारे जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

अमेरिकी प्रशासनले करिब १ हजार १ सय अफगानी नागरिकले अफगानिस्तानमा अमेरिकी सेनालाई सहयोग गरेको जनाएपछि अफगानिस्तानको सो भनाइ आएको हो । अफगानी पुनःस्थापना प्रयासमा संलग्न संस्थाका अनुसार, अमेरिकाले कतारको दोहास्थित अमेरिकी सैन्य शिविरमा विगत एक वर्षदेखि बसिरहेका शरणार्थीहरूलाई कंगो पठाउने विषयमा छलफल गरिरहेको अवस्थामा अफगानिस्तानको सो धारणा आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 सन् २०२१ मा अमेरिकी नेतृत्वको सेना फिर्ता भएपछि सत्ता सम्हालेको तालिबानबाट हुने सक्ने सुरक्षा चुनौतीका कारण सो संख्याका नागरिक कतारमा रहेको समाचारमा उल्लेख छ ।   


प्रतिक्रिया