अमेरिकाको कर नीतिले दक्षिण अफ्रिकामा १ लाख बेरोजगार हुने जोखिम

असार ३२, २०८२ | काठमाडौं
अमेरिकाले लगाएको उच्च करका कारण दक्षिण अफ्रिकामा १ लाख नागरिक बेरोजगार हुन सक्ने देखिएको छ ।
आगामी अगस्टबाट लागू हुने गरि घोषणा भएको अमेरिकाको कर सम्बन्धी नीतिले कृषि लगायत क्षेत्रमा संलग्न व्यक्तिले बेरोजगारीको सामना गर्नुपर्ने देखिएको हो । दक्षिण अफ्रिकी रिजर्भ बैंकका गभर्नरले अमेरिकाको कर नीतिका कारण आगामी दिनमा अफ्रिकाले आर्थिक क्षेत्रमा ठूलो चुनौतीको सामना गर्नुपर्ने बताएका छन् ।
अमेरिकाका राष्ट्रपति ट्रम्पले घोषणा गरेको कर नीतिले कृषिमा काम गर्ने दक्ष जनशक्तिमा प्रभाव पार्ने देखिएको हो । अमेरिकाको कर नीति घोषणा भएयता दक्षिण अफ्रिकाबाट निर्यात हुने विभिन्न सवारीको ब्यापार समेत ८० प्रतिशतले घटेको समाचारमा जनाइएको छ । विश्वकै उच्च बेरोजगारीको दर रहेको दक्षिण अफ्रिकामा पछिल्लो विवरण अनुसार ४३ प्रतिशतसम्म बेरोगजगार हुन सक्ने देखिएको हो ।