भारतमा दुई दिनमा चट्याङ लागेर ३३ जनाको मृत्यु

श्रावण २, २०८२ | काठमाडौं

भारतको पूर्वी क्षेत्रमा मनसुनी आँधीका क्रममा चट्याङ पर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । 

कयौँ मानिस घाइते भएको अधिकारीहरुले बताएका छन् । बिहारमा गत दुई दिनमा आएको आँधीका क्रममा यस्तो घटना भएको त्यहाँको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 पटनाका केही भागहरुमा अझै भारी वर्षा र चट्याङको पूर्वानुमान गरिएको छ । राज्य सरकारले ती क्षेत्रमा सम्बन्धीत जिल्ला अधिकारीलाई चट्याङको चेतावनीपछि सावधानी अपनाउन सूचना जारी गर्न निर्देशन दिइएको जनाएको छ । पटना सरकारले चट्याङ्बाट ज्यान गुमाउनेका परिवारलाई ४० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा समेत गरेको छ । 


प्रतिक्रिया