रुसको सोची शहरस्थित तेल डिपोमा भीषण आगलागी

श्रावण १८, २०८२ | काठमाडौं

रुसको ब्ल्याक सीस्थित सोची शहरको एक तेल डिपोमा भीषण आगलागी भएको छ ।

युक्रेनले गरेको ड्रोन आक्रमणका काण सो घटना भएको रुसी अधिकारीहरुको दाबीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।सो घटनापछि सोचीको नजिक रहेको विमानस्थलले आफ्ना उडान स्थगित गरेको छ ।

क्रास्नोडार क्षेत्रका गभर्नरले ड्रोनको भग्नावशेष इन्धन ट्यांकमा ठोक्किएको बताएका छन् । यसैबीच, रुसी क्षेप्यास्त्र आक्रमणले युक्रेनको दक्षिणी शहर माइकोलाइभमा वस्ती र पूर्वाधार नष्ट गरेको स्थानीय अधिकारीले बताएका छन् ।

रुसले जुलाई महिनामा मात्र युक्रेनमा ६ हजार ड्रोन आक्रमण गरेको बताइएको छ । सो आक्रमण सन् २०२२ मा रुसले युक्रेनमा हमला गरेयताकै सर्वाधिक भएको बताइएको छ ।   


प्रतिक्रिया