आफ्नो आणविक स्थलमा युक्रेनले आक्रमण गरेको रुसको आरोप

भाद्र ८, २०८२ | काठमाडौं

रुसले आफ्नो आणविक स्थलमा युक्रेनले आक्रमण गरेको आरोप लगाएको छ । कीभले आफ्नो स्वतन्त्रता दिवस मनाइरहेका बेला आक्रमण समेत गरेको रुसले आरोप लगाएको हो । पश्चिमी कुस्र्क क्षेत्रमा विद्युत र ऊर्जा सेवालाई लक्षित गर्दै आक्रमण गरिएको बीबीसीले जनाएको छ । सो आक्रमणले ट्रान्सफर्मरमा क्षति पु¥याएको बताइएको छ ।

 रुसी क्षेत्रीय गभर्नरका अनुसार सो क्षेत्रमा करिब १० युक्रेनी ड्रोनहरू खसालिएको छ । यद्यपी, युक्रेनले रूसी आरोपका बारेमा भने कुनै प्रतिक्रिया जनाएको छैन ।

 संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले आक्रमण सम्बन्धी विवरणबारे जानकार रहेको भन्दै आणविक क्षेत्रलाई सुरक्षित राख्नुपर्ने बताएको छ । युक्रेनले १९९१ मा सोभियत संघबाट अलग्एिसँगै स्वतन्त्रता दिवस मनाउँदै आएको छ । राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एक भिडियो सम्बोधनमा युक्रेनले आफ्नो स्वतन्त्रताको लागि लड्न जारी राख्ने बताउनुभयो । 


प्रतिक्रिया