इजरायलले गाजास्थित अस्पतालमा गरेको आक्रमणमा ५ पत्रकारसहित २० जनाको मृत्यु

भाद्र ९, २०८२ | काठमाडौं

इजरायलले गाजा क्षेत्र स्थित एक अस्पतालमा गरेको आक्रमणमा ५ पत्रकारसहित कम्तिमा २० जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । नासेर अस्पतालमा भएको आक्रमणमा एक रोयटर्सका क्यामेराम्यान, एसोसिएटेड प्रेस एपीका पत्रकार,युएस नेटवर्कका एक तथा अर्का दुईजना अल जजीराका लागि कार्यरत पत्रकारको मृत्यु भएको बीबीसीले जनाएको छ ।

साथै, सो अस्पतालमा कार्यरत चिकित्सक,विरामीसहित अन्य नागरिकको समेत मृत्यु भएको बताइएको छ । हमासका अनुसार दुई पटक सो क्षेत्रमा आक्रमण भएको थियो । 

इजरायली सेनाले एक विज्ञप्ती जारी गर्दै युद्धमा संलग्न नभएका व्यक्ति र पत्रकारलाई लक्ष्ति गरेर आक्रमण नगरिएपनि सो घटना भएको प्रति दुख व्यक्त गरेको छ । यसअघि, गाजा शहरको अल शिफा अस्पताल नजिकै भएको आक्रमणमा ६ जना पत्रकार मारिएको दुईहप्ता पछि सो हताहती भएको हो । 


प्रतिक्रिया