राज्य व्यवस्था समिति सभापतिको निर्वाचन बुधबार

रेडियो कान्तिपुर संवाददाता

भाद्र ९, २०८२ | काठमाडौं

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन पर्सि बुधबार हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली अनुसार सभापति चयनका लागि मिति तोक्नुभएको हो । 

निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियडको प्रावधानमा गरिएको हेरफेरमा नैतिक जिम्मेवार भएको छानबिन समितिको निष्कर्षपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिनुभएको थियो ।

 यसैबीच, राज्य व्यवस्था समितिको सभापति चयनका लागि नेपाली कंग्रेस आन्तरिक छलफलमा जुटेको छ । कंग्रेसले दार्चुलाबाट निर्वाचित सांसद दिलेन्द्रप्रसाद बडुलाई सभापति बनाउने सम्भावना रहेको बताइएको छ । 


प्रतिक्रिया