एयर इण्डिया विमान दुर्घटनाबारे जवाफ दिन भारतको सर्वोच्च अदालतको आदेश

आश्विन ६, २०८२ | काठमाडौं

केहि महिना अघि भएको एयर इण्डियाको विमान दुर्घटनाबारे स्वतन्त्र रुपमा छानबिन गर्न माग गर्दै दर्ता भएको उजुरीबारे जवाफ दिन भारतको सर्वोच्च अदालतले सरकारलाई आदेश गरेको छ ।

 एक गैरसरकारी संस्थाले दर्ता गरेको उजुरीबारे सुनुवाइ गर्दै अदालतले सरकारका नाममा जवाफ दिन भनेको हो ।  जुन १२ मा भएको विमान दुर्घटनामा २ सय ६० जनाको ज्यान गएको थियो । 

सरकारले गठन गरेको छानबिन टोलीमा सरकारी निकायका कर्मचारी राखिएकाले निष्पक्ष अनुसन्धान हुनेप्रति विश्वास गर्न नसकिने सो संस्थाका कानुनी प्रतिनिधिहरुले जनाएका छन् ।

 एयर इण्डियाको बोइङ विमान अहमदाबाद विमानस्थलबाट उडान भरेको केहि समयपछि दुर्घटनामा परेको थियो । भारत सरकारले यसअघि नै सार्वजनिक गरेको प्रारम्भिक छानबिन प्रतिवेदनमा पाइलटहरुबीच तालमेल नमिलेको देखिएको उल्लेख छ । 


प्रतिक्रिया