फागुन २१ को निर्वाचनमा केन्द्रित भएको रास्वपाको दाबी
मंसिर १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले फागुन २१ गतेका लागि निर्धारित चुनावमा आफूहरुको ध्यान केन्द्रित भएको बताएको छ ।
चुनावी प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सो पार्टीकी नेतृ लिमा अधिकारीले वैकल्पिक शक्तिको रुपमा निर्वाचनमा केन्द्रित भएको बताउनुभयो ।
संविधानलाई ट्रयाकमा ल्याउन चुनावको विकल्प नभएको रास्वपाको भनाइ छ । चुनावको माहोल बनाउन आफूहरुले पहल गर्ने नेता अधिकारीले बताउनुभयो ।
रास्वपा अघिल्लो निर्वाचनमा २१ सिट जितेर चौथो शक्ति बनेको थियो । सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा थुनामा रहँदा तथा कतिपय नेताले पार्टी परित्याग गरिरहँदा आगामी निर्वाचनमा रास्वपाको उपस्थितिलाई चासोपूर्वक हेरिएको छ ।









