रुसको युद्ध रोक्नका लागि सहयोग गर्न युक्रेनका राष्ट्रपति जेलेन्स्कीको आग्रह

आश्विन ९, २०८२ | काठमाडौं

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्व शक्ति राष्ट्रलाई आफ्नो देशमा रुसको युद्ध रोक्नको लागि सहयोग गर्न आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्र संघमा सम्बोधन गर्दै उहाँले रुस युद्धको कारण विश्वले हतियारको डरलाग्दो प्रतिस्पर्धाको सामना गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै चेतावनी समेत दिनुभएको छ ।

राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनमा प्रयोग गरेको ड्रोनको नविनतम प्रविधिको वर्णन गर्दै हतियारमा आर्टिफिसिएल इन्टेलिजेन्सको प्रयोगलाई रोक्नका लागि विश्वव्यापी नियमहरूको आह्वान गर्नुभएको छ ।

उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनभन्दा बाहिर आफ्नो युद्ध विस्तार गर्न खोजेको आरोप समेत लगाउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट भएको एक दिनपछि राष्ट्रपति जेलेन्स्कीको यस्तो अभिव्यक्ति आएको हो । 


प्रतिक्रिया