लद्दाखमा भएको प्रदर्शन हिंसात्मक बनेको भन्दै सामाजिक अभियन्ता सोनाम वाङचुक पक्राउ

आश्विन १०, २०८२ | काठमाडौं
भारतको केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको मान्यता दिन र संविधानको छैंटौ अनुसूचीमा समावेश गर्न माग गर्दै भएको प्रदर्शनमा सामेल भएका पर्यावरणविद् एवम् सामाजिक अभियन्ता सोनाम वाङचुक पक्राउ पर्नुभएको छ । वाङचुकलाई लद्दाख प्रहरीले पक्राउ गरेको हो ।
वाङचुकले संचालन गर्दै आएको संस्थामा समेत विदेशी सहयोगलाई रोक्का गरिएको बताइएको छ । प्रदर्शन हिंसात्मक बनाएको आरोपमा अभियन्ता वाङचुकलाई पक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
सो क्षेत्रमा इन्टरनेट सेवा समेत बन्द गरिएको छ । लेहमा वाङचुकले २ सातादेखि जारी राखेको अनसनको समर्थनमा उत्रिएका युवाहरुको प्रदर्शन हिंसात्मक बन्दा ४ जनाको मृत्यु हुनुका साथै ९० जना घाइते भएका थिए ।