भेनेजुएलामा आपत्काल घोषणा गर्ने तयारी

आश्विन १४, २०८२ | काठमाडौं

भेनेजुएलामा आपत्काल घोषणा गर्ने तयारी भएको छ । राष्ट्रपति निकोलस मदुरोले आज टेलीभिजन सम्बोधन गर्दै अमेरिकी ‘आक्रमण’ को खतरा बढेमा आपत्काल घोषणा गरिने बताउनुभएको हो ।

 मदुरोले टेलिभिजन सम्बोधनका क्रममा अमेरिकाले आफ्नो देशमा आक्रमण गरे संविधानअनुसार आपत्काल घोषणा गर्न तथा शान्ति र स्थिरताको रक्षाका लागि तयार रहेको समेत बताउनुभएको समाचारमा जनाइएको छ । यद्यपि सो निर्णयमा अहिलेसम्म राष्ट्रपति मदुरोले हस्ताक्षर भने नगरेको बताइएको छ । 

यदि सो आदेशमा हस्ताक्षर भएमा मादुरोले देशभरि सैनिकहरू परिचालन गर्न र सार्वजनिक सेवाहरू र तेल उद्योगमाथि सैन्य अधिकार दिन सक्ने समाचारमा उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तटबाट अन्तर्राष्ट्रिय जल क्षेत्रमा आठ युद्धपोत, एक आणविक शक्तिबाट चल्ने पनडुब्बी र लडाकु विमानहरु खटाएपछि पछिल्लो घटनाक्रम विकसीत भएको अल जजिराले जनाएको छ ।  


प्रतिक्रिया