तिब्बतमा भीषण हिमपात, १ हजार पर्यटक फसे

आश्विन १९, २०८२ | काठमाडौं
सगरमाथाको तिब्बततर्फको पूर्वी क्षेत्रमा भएको भीषण हिमपातमा १ हजार पर्यटक फसेका छन् । करिब ४ हजार ९ सय मिटरको उचाइमा रहेको सो क्षेत्रमा बाक्लो हिउँ परेको छ ।
त्यहाँ पर्ने सडक मार्ग समेत हिमपातका कारण अवरुद्ध भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । हिमपातमा फसेका पर्यटकको उद्दारका लागि सयौं स्थानीय र उद्दारकर्मी परिचालन गरिएको समाचारमा जनाइएको छ ।
हिमपात भएसँगै कतिपय पर्यटकलाई पहिल्यै सुरक्षित स्थानमा सारिएको छ । स्थानीय टिङ्गी काउन्टी पर्यटन कम्पनीले शनिबारदेखि सगरमाथा दृश्यावलोकन क्षेत्रको टिकट बिक्री तथा प्रवेश समेत स्थगित गरेको घोषणा गरेको जनाएको थियो ।