भारतसँगको ऊर्जा साझेदारी निरन्तर कायम रहने रुसको विश्वास

आश्विन ३०, २०८२

रुसले भारतसँगको ऊर्जा साझेदारी निरन्तर कायम रहने जनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी तेल खरिद रोक्न भारत सहमत भएको अभिव्यक्ति दिएको केहि समयपछि रुसले प्रतिक्रिया जनाउँदै साझेदारी कायम रहने जनाएको हो । रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले भारतको विषयमा दुई देशबीचको मैत्रीपूर्ण साझेदारसँग सहकार्य जारी राख्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

रुसी ऊर्जा स्रोतको माग रहेको बताउँदै उपप्रधानमन्त्री नोभाकले भारतसंगको साझेदारी आर्थिक रूपमा लाभदायक र व्यवहारिक रहको बताउनुभयो । साझेदार राष्ट्रहरुले मिलेर काम गर्न तथा अन्तरक्रिया र ऊर्जा सहकार्यको विषयमा साझेदारी कायम राख्ने रुसको विश्वा छ ।

 यसअघि अमेरिकाले युक्रेनमा युद्ध अन्त्य गर्ने प्रयासको रुपमा रुसमाथि आर्थिक दबाब दिन पछिल्लो समय लगातार तेल खरिद कार्य रोक्न भारतसहित युरोपेली मुलुकलाई दबाब दिइरहेको थियो । भारतले तेल खरिद गर्न नरोक्ने जनाएपछि अमेरिकाले भारतमा चर्को आयात शुल्क लगाउने चेतावनी समेत दिएको थियो । अन्तर्राष्ट्रिय बजारमा रुसले सबैभन्दा धेरै तेल र ग्यास निर्यात गर्दै आएको छ ।   


प्रतिक्रिया