साइबर अपराधका घटना नियन्त्रण गर्न भारतीय सर्वोच्चको सरकारकाई सूचना

आश्विन ३१, २०८२ | काठमाडौं

बढ्दो साइबर अपराध र गिरफ्तारीको विषयलाई लिएर भारतको सर्वोच्च अदालतले चासो देखाएको छ । 

बढ्दो क्रममा रहेका साइबर अपराधका घटनालाई कम गर्नुपर्ने जनाउँदैै भारतीय सर्वोच्च अदालतले सरकारलाई सचेत गराएको हो । अदालतले भारतीय केन्द्रीय अनुसन्धान ब्युरो र गृह मन्त्रालयलाई साइबर अपराधका घटनालाई नियन्त्रण गर्न भन्दै सूचना पठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

गत सेप्टेम्बर १ देखि १६ सम्म डिजिटल गिरफ्तारी घोटाला मार्फत आफ्नो जीवनभरको बचत ठगीमा परेका नागरिकको मुद्दा सुनुवाईका क्रममा अदालतले सो कदम चालेको हो । ठगीका क्रममा ह्वाट्सएप तथा भिडियो कलमार्फत सर्वोच्चका नक्कली आदेश देखाएको पाइएको छ । 

भारतका पूर्व प्रधानन्यायाधीश संजीव खन्नाको नाम र हस्ताक्षरको समेत दुरुपयोग गरि साइबर अपराधका घटना भएको पाइएको समाचारमा उल्लेख छ ।  


प्रतिक्रिया