जापान र चीनबीच सी फुड व्यपार पुनः सुरु
कार्तिक २१, २०८२ | काठमाडौं
जापान र चीनबीच हुँदै आएको सी फुड अर्थात् समुद्री खानाको व्यपार पुनः सुरु भएको छ । चीनले लगाएको २ वर्षको प्रतिबन्धपछि जापानले आफ्नो देशबाट समुन्द्री खानाको निर्यात सुरु गरेको हो ।
सुनामीका कारण प्रभावित बनेको फुकुशिमा दाइची आणविक ऊर्जा केन्द्रबाट प्रशोधित फोहोर पानीको विषयलाई लिएर चिनले सो प्रतिबन्ध लगाएको थियो ।
चीनले लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै पछिल्लो पटक ६ टन बढी स्क्यालप नामक सी फुड निर्यात गरिएको जापानका सरकारी अधिकारीहरुले जनाएका छन् । अगस्ट २०२३ मा जापानी समुद्री खानामाथि प्रतिबन्ध लगाएपछि जापानले पहिलो पटक सो निर्यात गरेको हो ।
सन् २०११ मा गएको भूकम्प र सुनामीपछि जापानको आणविक केन्द्रमा क्षति हुँदा भण्डारण गर्नुपर्ने रेडियोधर्मी पदार्थ पानीमा मिसिएपछि समुन्द्र आसपास क्षेत्रका १८ हजार बढीको मृत्य भएपछि चीनले प्रतिबन्ध लगाएकमो थियो । त्यस पश्चात पनि सो सम्बन्धी समस्याका कारण २ हजार ३ सय जनाको मृत्यु भएको अल जजिराले जनाएको छ ।
प्रतिबन्धपछि चीनले पानी छोड्ने काम सुरक्षित रहेको जनाउँदै आएको छ भने संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्थाले समेत सो कदमलाई समर्थन गरेपछि चीनले प्रतिबन्ध खुला गरेको समाचामा जनाइएको छ ।










