पाकिस्तानको इस्लामाबादमा बम विस्फोट हुँदा १२ जनाको मृत्यु

कार्तिक २५, २०८२ | काठमाडौं

पाकिस्तानको राजधानी इस्लामाबादस्थित एक अदालत परिसर बाहिर भएको बम विस्फोटमा १२ जनाको मृत्यु भएको छ । सेक्टर जी–११ क्षेत्रमा २७ जना घाइते भएको त्यहाँका गृहमन्त्री मोहसिन नकवीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । उहाँका अनुसार मध्यान्ह सो आत्मघाती बम आक्रमण भएको हो । विस्फोटबारे त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ । 

यसैबीच, भारतको नयाँ दिल्लीस्थ्ति लाल किल्लामा भएको कार बम विस्फोटमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । गएराति भएको बम आक्रमणमा १२ जना भन्दा बढी घाइते भएको भारतीयसंचारमाध्यमले जनाएका छन् । सो घटनाको जिम्मेवारी कसैले पनि नलिएको समाचारमा उल्लेख छ । आक्रमणकारीको खोजी तीव्र पारेको बताइएको छ । 


प्रतिक्रिया