आँधीको जोखिमपछि फिलिपिन्समा ९ लाख मानिसलाई अन्यन्त्र सारियो
कार्तिक २३, २०८२ | काठमाडौं
फङ–वोङ नामक आँधीको जोखिम देखिएपछि फिलिपिन्समा ९ लाख मानिसलाई स्थानान्तरण गरिएको छ ।
सो आँधी १ सय ८५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेपनि २ सय ३० किलोमिटर प्रतिघण्टासम्म पुगने देखिएपछि सो संख्यामा नागरिकलाई सुरक्षित स्थानमा सारिएको हो ।
त्यहाँको मौसम विज्ञान सेवाले ३ मिटर सम्मको सामुन्द्रीक छाल आउन सक्ने चेतावनी समेत जारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । शक्तिशाली मानिएको सो आँधी उत्तर–पश्चिम दिशातर्फ सर्ने अनुमान गरिएको छ । सो क्षेत्रमा त्यहाँको सबैभन्दा धेरै मानिसको बसोबास रहेको लुजोन नामक टापू पर्ने समाचारमा जनाइएको छ ।
मौसम विभागका अनुसार सो तुफानलाई सुपर टाइफुनको श्रेणीमा राखिएको छ । यसअघि आएको कल्माएगी नामक आँधीका कारण झण्डै २ सय जनाको मृत्यु भएको थियो ।











