रुसले २ सय ड्रोन आक्रमण गरेको जेलेन्स्कीको दाबी
पुस १८, २०८२ | काठमाडौं
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमा रुसले पछिल्लो पटक २ सय वटा ड्रोन आक्रमण गरेको दाबी गर्नुभएको छ ।
उहाँले रुसको लगातारको आक्रमणले किभलाई हवाई सुरक्षाका लागि थप आवश्यकता भएको बताउनुभएको छ ।
आक्रमणबाट भएको क्षतिका विवरण भने सार्वजनिक भएको छैन ।
यता रुसले भने किभकोे ड्रोन आक्रमणबाट खेर्सन क्षेत्रमा नयाँ वर्ष मनाइरहेका कम्तीमा २४ जना रुसी नागरिक मारिएको दाबी गरेको छ ।
रुसले कब्जा गरेको दक्षिणी भूभागमा सो आक्रमण भएको मस्कोको भनाइ छ ।
युक्रेनी हमलाको क्षतिको विवरण खासै सार्वजनिक नगर्ने मस्कोले सो ड्रोन आक्रमणबारे टेलिग्राममार्फत् जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
रुस–युक्रेन लगातार एकअर्कालाई आक्रमण गरिरहँदा सो क्षेत्रमा युद्ध अन्त्य भई शान्ति स्थापना हुनेमा आशंका बढ्दै गएको छ ।










