क्यानडा र चीनबीचको व्यापारिक सम्बन्ध थप बलियो बनाउन दुई देशबीच तिब्र छलफल
माघ २, २०८२ | काठमाडौं
क्यानडा र चीनबीच व्यापारिक सम्बन्ध थप मजबुत बनाउने विषयमा सहकार्यका पहल अघि बढेका छन् ।
चीन भ्रमणमा रहेका क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चीनका राष्ट्रपतिबीच भेट तय भएसंगै दुई मुलुकबीच व्यापारिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा प्रक्रिया अघि बढ्ने समाचार संस्था बीबीसीले जनाएको छ ।
क्यानडाले अमेरिका संगको व्यापार सहकार्यलाई घटाउंदै अन्य मुलुकसंग बढाउने नीति अनुसार कार्नीको चीन भ्रमण भएको बताइएको छ । सन् २०१८ मा चीनको हुवाए कम्पनीका प्रतिनिधिलाई भ्यान्कुभरमा हिरासतमा लिएपछि चिसिएको दुई मुलुकबीचको सम्बन्धी प्रधानमन्त्री कार्नीको हालको चीन भ्रमणले सुधार भएको समेत जनाइएको छ ।
गत बुधबार चीन भ्रमणमा भएका क्यानडाका प्रधानमन्त्री कार्नी त्यहांबाट भोली कतार जाने कार्यक्रम रहेको जनाइएको छ ।









