वरिष्ठ लोक गायक एवं संस्कृतिविद् नन्दकृष्ण जोशी सम्मानित

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३, २०७८ | काठमाडौं

लुन करणदास गंगादेवी चौधरी साहित्य कला मन्दिरले वरिष्ठ लोक गायक एवं संस्कृतिविद् नन्द कृष्ण जोशी सहित विभिन्न कलाकारलाई सम्मान गरेको छ । ताम्रपत्र र ५१ हजार रुपैयाँ नगद सहित कला मन्दिरले साहित्य र कला क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको हो । वरिष्ठ देउडा लोक गायक एवं संस्कृतीविद जोशी ३४ सालदेखि लोक संगितको क्षेत्रमा सक्रिय छन् ।

यस्तै साहित्यकार एवं प्राध्यापक चुडामणी भट्टराई, प्राध्यापक डा वीना पौडेल, विश्व विमोहन श्रेष्ठ, चित्रकार रागिती उपाध्याय नाट्य कलाकार विरेन्द्र हमाल र क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई पनि कला मन्दिरले सम्मान गरेको छ । 


प्रतिक्रिया