लालबन्दी नगर वाङ्मय परिषदद्धारा यसवर्षका तीन पुरस्कार घोषणा

कार्तिक ३०, २०८२ | काठमाडौं

लालबन्दी नगर वाङ्मय परिषद्ले यसवर्षका तीन पुरस्कार घोषणा गरेको छ ।

पुरस्कार तथा सम्मान छनोट समितिले विसं २०८२ को भाषा तथा साहित्य पुरस्कार साहित्यकार रमेश क्षितिजको ‘एउटा मायी नगरमा’ (आख्यान), साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८२ कवि एवं गीतकार दिनेश अधिकारी र स्थानीय प्रतिभा पुरस्कार सोही ठाउँका कृष्ण समर्पणलाई प्रदान गर्ने निर्णय गरेको परिषद्ले जनाएको हो ।

‘मकैको खेती’का लेखक कृष्णलाल अधिकारीको स्मृतिमा स्थापित सो पुरस्कार प्राप्त गर्ने अधिकारी दोस्रो व्यक्ति हुनुहुन्छ ।

यसअघि सो पुरस्कार साहित्यिक पत्रकार रोचक घिमिरेले पाउनु भएको थियो ।

कवि तथा गीतकार अधिकारी नेपाली गीत कविताका एक प्रतिभाशाली स्रष्टा हुनुहन्छ ।

परिषद्का अध्यक्ष अच्युत अधिकारीका अनुसार राष्ट्रियस्तरमा ख्याति कमाएका कृति तथा स्थानीय प्रतिभाको सम्मान तथा प्रोत्साहनार्थ पुरस्कार स्थापना गरिएको हो ।

भाषा तथा साहित्य पुरस्कार र कृष्णलाल अधिकारी स्मृति पुरस्कार राशी जनही ५० हजार रुपैंयाँ तथा स्थानीय प्रतिभा पुरस्कारको राशी २५ हजार रुपैयाँ र सम्मान पत्र प्राप्त गर्नुभएको छ ।


प्रतिक्रिया