कसरी फैलियो कोरोना ?

फाल्गुन १०, २०७६ | ,

चीनको एक कारागारमा कोरोना भाइरसको संक्रमण फैलिएको सार्वजनिक भएको छ । मुख्य संक्रमण भएको हुवेइ प्रान्त बाहिर रहेको कारागारबारे चीन सरकारले भने विस्तृत खुलाएको छैन । कारागारका रहेका २ सय ३४ बन्दीमा कोरोनाको संक्रमण देखिएको हो । 

हुवेइको एक कारागारमा पनि २ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । हाल सम्म ७५ हजार ५ सय ६७ जनामा भाइरसन देखापरेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । सो भाईरसका कारण कारण चीनमा हालसम्म २ हजार २ सय ३९ जनाको मृत्यु भएको छ ।

यसैबीच, दक्षिण कोरियामा समेत १ सय जनामा कोरोना भाइरसका नया विरामी फेला परेका छन् । उता, इटालीमा पनि भाइरका कारण एक जनाको मृत्यु भएको समाचारसंस्था रोयटर्सले उल्लेख गरेको छ । हाल सम्म २६ मुलुकमा देखा परेको कोरोनाका कारण चीन बाहिर ११ जनाको मृत्यु भएको छ । 


प्रतिक्रिया