रवीन्द्र अधिकारीको एक वार्षिकी

फाल्गुन १५, २०७६ | काठमाडौं

सत्तारुढ नेकपा नेता एवं तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको आज एक वर्ष पुगेको छ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा पर्नुभएका अधिकारी पोखरा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो ।

 उहाँको सम्झनामा ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले श्रद्धाञ्जली कार्यक्रम गर्दैछ । उहाँको निधनपछि २०७६ जेठ १८ गते उहाँका योगदानलाई चिरस्थायी बनाउन सो प्रतिष्ठान स्थापना गरिएको थियो । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएको थियो । 


प्रतिक्रिया