झापाका दैनिक तथा साप्ताहिक पत्रिकाको प्रकाशन बन्द

चैत्र १२, २०७६ | झापा

कोभिड–१९ को सम्भावित जोखिमका कारण झापाका दैनिक तथा साप्ताहिक पत्रिकाको प्रकाशन आजबाट बन्द गरिएको छ । पत्रिकाका सम्पादक, प्रकाशकहरुको हिजो बिर्तामोडमा भएको छलफलले आजैबाट पत्रिकाको प्रकाशन बन्द गर्ने निर्णय गरेको थियो ।

जिल्लामा ९ वटा दैनिक तथा १८ वटा साप्ताहिक पत्रिका छन् । कोभिड १९ को संक्रमणको जोखिम तथा लकडाउनका कारण प्रकाशन र वितरणमा समस्या भएकाले बन्द गर्ने निर्णय गरेको प्रकाशक र सम्पादकहरुले जारी गरेको सूचनामा उल्लेख छ ।  


प्रतिक्रिया