चीन तर्फको रसुवागढी र तातोपानी नाका खुलाउने सरकारको निर्णय

चैत्र १२, २०७६ | काठमाण्डौं

– सरकारले चीन तर्फको रसुवागढी र तातोपानी नाकाबाट आयात निर्यात खुलाउने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आज बसेको बैठकले / माघ १५ गतेदेखि बन्द रहेको दुबै नाका खुलाउने निर्णय गरेको समितिका सदस्य सचिव नारायण प्रसाद विडारीले जानकारी दिनुभयो । 

बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णयमा भनिएको छ । यस सम्बन्धी आवश्यक समन्वय गृह मन्त्रालय र अर्थ मन्त्रालयले गर्ने पनि निर्णयमा उल्लेख छ । 

अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सुचारु गर्ने पनि बेठकले निर्णय गरेको छ । अत्यावश्यक वस्तु बोकेको सवारी साधनलाई सुचारु गर्ने पनि बैठकले निर्णय गरेको छ । निर्णयमा भनिएको छ – औषधि खाद्यवस्तु पानी, दुध, फलफुल, तरकारी, फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने, गृह मन्त्रालयले ती सवारी साधनका लागि अनुमति दिने । यस्तै गृह मन्त्रालयको अनुमतिमा सीमित सवारी साधनलाई ठूला खाद्य स्टोर तथा पसलहरुले आवश्यक खाद्यवस्तुहरु होम डेलिभरी गर्ने व्यवस्था मिलाउने पनि भनिएको छ । 

गृह र संस्कृति तथा पर्यटन तथा नागरीक उड्ययन मन्त्रालयको स्वीकृतिमा नेपालका विभिन्न स्थानमा रहेका विदेशी नागरीकलाई हवाई उद्धार गरी काठमाण्डौं ल्याउने र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आफ्नो देश फर्की जान सहजीकरण गर्ने, यदि उडानको तालिका नमिलेका खयडमा नजिकैको होटलमा निजहरुको आफ्नै खर्चमा क्वारेन्टाइनमा राख्ने पनि सरकारले निर्णय गरेको छ । 


प्रतिक्रिया