कतारबाट आएका थप ४ जना प्रहरीको सम्पर्कमा

चैत्र १३, २०७६ | काठमाडौं

कोरोना संक्रमित युवतीसँगै फ्रान्सबाट दोहाको कतार हुँदै चैत ४ गते नेपाल आएका थप चार जना प्रहरीको सम्पर्कमा आएका छन् । बर्दिया र बाराका उनीहरुलाई क्वारेन्टाईनमा पठाईएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार, बासगढी नगरपालिका र बढैयाताल गाउँपालिका घर भई बॉके खजुरा बस्दै आएका दुई युवालाई नियन्त्रणमा लिईएको हो । नेपाल आएपछि उनीहरु कसकस्को सम्पर्कमा पुगेका थिए भन्नेबारे खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै बाराबाट नियन्त्रणमा लिईएका कलैया उपमहानगरपालिका र रौतहटका ३३ र २९ वर्षका दुबै युवकलाई क्वारेन्टाइनमा राखिएको प्रहरी नायब उपरिक्षक गौतम मिश्रले बताउनुभयो । उनीहरु दुबैको स्वास्थ्य अवस्था अहिलेसम्म समान्य छ । 


प्रतिक्रिया