नेपाल वायु सेवा निगमको वाइड बडी जहाज चीन जाँदै

चैत्र १५, २०७६ | काठमाण्डौं

– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइड बडी जहाज मेडिकल सामग्री लिन आज चीन जाने भएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार औषधोपचारका सामग्री लिन दिउँसो साढे १२ बजे जहाज चीन उड्नेछ । 

वाइड बडी जहाज कोभिड–१९ परीक्षण गर्ने किट र पिपिई लगायतका औषधिजन्य सामग्री लिएर आजै राती १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्रवक्ता खड्काले बताउनुभयो । यसअघि कोभिड–१९ पहिलोपटक फेला परेको चीनको वुहान प्रान्तमा रहेका नेपालीलाई पनि निगमकै वाइड बडी जहाजले स्वदेश ल्याएको थियो । 

सरकारले कोभिड परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो ।


प्रतिक्रिया