स्वाबको नमुना लिन गएको विमान नेपालगञ्जमा दुर्घटनाग्रस्त

चैत्र १५, २०७६ | नेपालगञ्ज

बिरामीहरुको संकलित स्वाबको नमुना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको विमान दुर्घटनामा परेको छ । नाईन एन एकेयू कल साईनको विमान विमानस्थलमा अवतरणका क्रममा मध्यान्ह १२ बजे दुर्घटनामा परेको सहकर्मी जे पाण्डेले जनाएका छन् । 

विभिन्न अस्पतालबाट जम्मा गरिएका बिरामीको स्वाबको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि ल्याउन स्वास्थ्य मन्त्रलायले यो विमान चार्टर गरेको थियो ।

नेपालगञ्ज विमानस्थलका अनुसार विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य सबै सुरक्षित छन् । जहाज अवतरण हुनेबेला धावनमार्गबाट बाहिर जालीनेर पुगेको हो । चालक दलका सदस्य र चिकित्सकहरुलाई लिन नेपाल एयरलाइन्सले अर्को जहाज पठाउने तयारी गरेको छ ।


प्रतिक्रिया