महामारीमा मासु खान हुन्छ : चिकित्सक

चैत्र १६, २०७६ | काठमाडौं

कोरोना भाइरस कोभिड १९ को महामारीका समयमा मासुजन्य खाद्यवस्तुको सेवन गर्दा संक्रमणको सम्भावना बढ्ने आंशकामा उपभोग घटेको छ । जसका कारण कुखुराको मासु उत्पादक मर्कामा परेका छन् । 

कुखुराको मासुमा आत्मनिर्भर रहेको नेपालमा उत्पादन भएको मासु सेवन नहुँदा मुल्य समेत घटेको छ । स्वस्थ्य जनावर र चराको मासु खाँदा प्रोटिनको मात्रा शरीरमा बढ्ने हुँदा शरीरलाई फाइदा गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व महानिर्देशक डा. बाबुराम मरासिनीले बताउनुभयो । 

जंगली जनावर वा चमेराको मासु नखान सुझाव दिँदै डा. मरासिनीले स्वस्थ्य तरिकाले पालिका जनावरी वा चराको मासु खान हुने बताउनुभयो । धुमपान गर्ने मानिसमा स्वास प्रश्वास सम्बन्धी समस्या हुने भएकाले जोखिम बढ्ने चिकित्सकको भनाई छ । 

खोकी वा ज्वरो आउँदा सहज हुने भन्दै मद्यपान सेवन गर्दा समेत कोभिड–१९ को संक्रमणको जोखिम हुने डा. मरासिनीको भनाई छ 


प्रतिक्रिया