थाहामा सहकारीद्वारा स्यानिटाइजर उत्पादन

चैत्र १७, २०७६ | हेटौंडा

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटले स्यानिटाइजर उत्पादन गर्न थालेको छ । सहकारी सस्थाले विगत एक सातादेखि सहकारी संस्थाका भवनमा नै स्यानीटाईजर उत्पादन गर्न थालेका हुन ।

स्यानिटाईजर उत्पादलन गर्नका लागि सो सहकारीले ७ जनालाई काठमाण्डौंस्थित विश्व स्वास्थ्य संगठनको सहयोगमा नार्कमा तालिममा पठाएको थियो । तालिमवाट फर्केपछि उनीहरुलाई नै परिचालन गरेर स्यानिटाइजर आउत्पादन थालेको सहकारीका कोषाध्यक्ष सानुकाजी गोपालीले जानकारी दिनुभयो । सहकारीले २ हजार ५ सय लिटर स्यानिटारजर उत्पादन गरेर विक्री गरिसकेको सचिव गोपालीले बताउनुभयो । बजारमा सहजै स्यानिटाइजर उपलब्ध नभइरहेको सन्दर्भमा सहकारीको उत्पादनले सहज भएको स्थानीयहरुले बताएका छन् । सहकारीले उत्पादन गरेको स्यानीटाइजर सय एमएलको १ सय २० रुपैयामा विक्री गर्ने गरेका छन । अरु कम्पनीका स्यानिटाईजरहरु बजारमा अभाव छ । बजारमा पाएपनि सय एमएलको २ सय ५० रुपैयाँ मुल्य रहेको छ । 


प्रतिक्रिया