आशिंक रुपमा खाद्य,दाना र दुग्ध उद्योगहरु संचालन

चैत्र २६, २०७६ | मकवानपुर

लकडाउनको अवस्थामा पनि सरकारले अत्यावश्यक उद्योगको उत्पादन पुर्ण क्षमताका साथ सुचारु गराउने भने पनि हेटौंडाका उद्योगहरु संचालन हुन सकेका छैनन । हेटौडा औधोगिक क्षेत्र भित्र रहेका १ सय ११ वटा उद्योगमध्ये २० वटा उद्योगहरु आशिंक रुपमा संचालन भइरहेका छन ।

 ठुला उद्योगको रुपमा रहेका भ्याली पेलेट फिड इन्डष्ट्रिज, शिद्धार्थ पेलेट फिड इन्डष्ट्रिज, खाद्य उद्योग र हेटौडा दुग्ध वितरण आयोजना आशिंक रुपमा संचालन भएका छन । उद्योगहरु एक सिफ्टमात्र चलिरहेका छन । सिंगो कामदारको हिसावले ६,७ प्रतिशत मात्र मजदुृर उपस्थित भएर उद्योगहरु संचालन गरिरहेको उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले बताउनुभयो ।

 औधोगिक क्षेत्र भित्रका उद्योगहरुमा ५ हजार मजदुर कार्यरत रहेका छन । कार्यरत मजदुरलाई उद्योग भित्र नै आवासको व्यवस्था गर्नु पर्ने शर्त सरकारले राखेकाले संचालनमा गर्न कठिनाई भएको उद्योग व्यवस्थापनले जनाएको छ । 


प्रतिक्रिया