तेह्रथुमका तीन जनामा एन्टिबडी पोजिटिभ

वैशाख ७, २०७७

तेह्रथुमका थप दुई जनामा र्‍यापिड डायग्नोष्टिक टेष्टमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । आज गरिएको थप परिक्षणमा उनीहरुलाई कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेले जानकारी दिनुभयो ।

यसअघि हिजो पनि एक २८ वर्षिय युवामा आरडीटी परीक्षण पोजेटिभ देखिएको थियो । उनीहरु सवै एकै परिवारका भएको घिमिरेले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय र मेन्छयायेम गाउँपालिकाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले गाउँपालिका भित्र होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो । 

गाउँमा गरिएको परीक्षणमा संक्रमण देखिएपछि आज जिल्ला स्वास्थ्य कार्यालय म्याङलुङमा पुन : परीक्षण गरिएको हो । पहिलो चरणमा शंकास्पद १५ जनामा परीक्षणम गरिएकोमा अन्यको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्यकर्मीको भनाइ छ ।

संक्रमण देखिएका तीनसहित १० जनाको स्वाब परीक्षणका लागि विराटनगरस्थित कोसी अस्पताल पठाईएको स्वास्थ्य प्रमुख घिमिरेले जानकारी दिनुभयो ।   


प्रतिक्रिया