एम्बुलेन्सको ठक्करबाट बुटवलमा एक महिलाको मृत्यु

जेष्ठ ६, २०८१ | बुटवल

रुपन्देहीको बुटवलवस्थित बेलवासमा एम्बुलेन्सको ठक्करबाट बिहान एक महिलाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । 

एम्बुलेन्सको ठक्करबाट बुटवल उपमहानगरपालिका–११ बस्ने कमला नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्घाखाँचीबाट बिरामी लिएर बुटवलतर्फ आउँदै गरेको जिल्ला अस्पतालको लु १ ज ५३१ नम्बरको एम्बुलेन्सले ३ जनालाई ठक्कर दिएको थियो । 

घाइते बुटवल–११ की ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीय झुपा ठडराईको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । 

बिहान करीब ५ बजेतर बाटोमा हिँडिरहेका उनीहरुलाई एम्बुलेन्सले ठक्कर दिएको बुटवलस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । एम्बुलेन्स चालक अर्घाखाँचीको पाणीनी गाउँपालिका–७ का नारायण बहादुर मगरलाई प्रहरी पक्राउ गरेको छ ।


प्रतिक्रिया