ब्राजिल कोरोना भाइरस संक्रमणको अर्को केन्द्र विन्दु बन्न सक्ने : डब्लुएचओ

जेष्ठ १०, २०७७ | काठमाडौं

दक्षिण अमेरिकी राष्ट्र ब्राजिल कोरोना भाइरस संक्रमणको अर्को केन्द्र विन्दु बन्न सक्ने विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । डब्लुएचओको आकस्मिक सेवा विज्ञ माइक रायनले ब्राजिलमा संक्रमण दर उच्च रहेकाले अबको केन्द्रविन्दु बन्नसक्ने बताउनुभएको अलजजिराले जनाएको छ । 

अमेरिकापछि संक्रमितको संख्याको आधारमा दोस्रो स्थानमा रहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा १९ हजार ९ सय ६९ जना संक्रमित थपिएका छन् । हालसम्म त्यहाँ ३ लाख ३० हजार ८ सय ९० संक्रमित पुग्दा २१ हजार ४८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अमेरिकामा १६ लाख ४५ हजार ७४ जना संक्रमित पुग्दा ९७ हजार ६ सय ४० जनाले ज्यान गुमाएका छन् ।

 विश्वमा ५२ लाख ९८ हजार १ सय ८५ जना संक्रमित पुग्दा ३ लाख ३९ हजार ४ सय १८ जनाले ज्यान गुमाएका छन् । २१ लाख ५६ हजार २ सय ५३ जना पूर्ण रुपमा संक्रमण मुक्त भइसकेको छन् ।   


प्रतिक्रिया