कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

जेष्ठ १५, २०७७ | काठमाडौं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पर्सि शनिबार दिउँसो एक बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । 

सरकारले संसदमा दर्ता गरेको संविधान संसोधन प्रस्तावका बिषयमा पार्टीगत निर्णय लिन बैठक बोलाईएको काग्रेसले जनाएको छ । हिजोको बैठकमा कार्यसुचीमा राखेर पनि संसोधन प्रस्ताव अन्तिम समयमा ककार्यसूचीबाट हटाईएको थियो ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेत समेटर नयाँ नक्सा जारी गरेपछि सोही अनुसार निशान चिन्ह परिवर्तनका लागि संसदमा संसोधन दर्ता गराएको थियो । कांग्रेसले संस्थागत निर्णय लिन नसक्दा संसोधन प्रस्तावको प्रक्रिया अघि बढ्न सकेको छैन् । 

यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठकमा सभापति शेरबहादुर देउवाले राष्ट्रियताको सवालमा कांग्रेसले कुनै सम्झौता नगर्ने बताउनुभएको थियो ।

संविधान संसोधनका बिषयमा जनता समाजवादी पार्टीले भने प्याकेज सहमतिको माग गर्दै आएको छ ।  


प्रतिक्रिया