रौतहटमा एकै दिन ८६ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ ३०, २०७७ | रौतहट

रौतहटमा एकैदिनमा आज थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कोभिड १९ को संक्रमणका कारण भारतमा रोजगारी गुमे पछि घर फर्केर क्वारेन्टाईन बस्दै आएकाहरुमा संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा संक्रमतिको संख्या ५ सय १७ पुगेको छ । पछिल्लो तिन दिन भित्रमा १ सय ९६ जनामा सत्रंmमण देखीएको छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरले जिल्लाको राजपुर नगरपालीकामा ८५ जनामा कोरोनाको संक्रमण देखिएको बताउनुभयो । त्यस्तै परोहा नगरपालीकामा १ जनामा संक्रमण देखीएको हो । 


प्रतिक्रिया