क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा

जेष्ठ २, २०८१

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । अध्यक्ष चतुरबहादुर चन्दले आज विज्ञप्ति जारी गर्दै बलात्कार मुद्दामा निर्दोष रहेको उच्च अदालतको फैसला आएकोले लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको जानकारी गराएका छन् । 


प्रतिक्रिया