७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १२ हजार नाघ्यो

असार १३, २०७७ | काठमाडौं

नेपालका सबै ७७ वटै जिल्लामा कोरोना भाइरसका सक्रमित भेटिएका छन् । पछिल्लो समय रसुवाका ९ जनामा भाइरस संक्रमितका नयाँ बिरामी भेटिएसँगै ७७ वटै जिल्लामा कोरोना सक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा रसुवासहितका बिभिन्न जिल्लामा ५ सय ५४ नयाँ सक्रमित थपिएको जानकारी दिनुभयो । यो संगै मुलुकभर कोरोना सक्रमितको कुल संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकभर १ सय ३६ जना स्वास्थ्य लाभपछि घर फर्किएका छन् । सक्रमणका कारण थप एकजनाको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । यो सँगै मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

मुलुक भरका आईसोलेशनमा ९ हजार ४ सय ४९ जना तथा क्वारेन्टीनमा ६५ हजार ७ सय १२ जना रहेको मन्त्रालयले जनाएको छ । कोरोनालाई जितर हालसम्म २ हजार ८ सय ३४ जना घर फर्किसकेका छन् ।

यसैबिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाईसर रिमुभीङ कार्डबाट कोरोना भाग्छ भन्ने भ्रम छरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । व्यवसायिक प्रयोजनलाई बढावा दिन छरिएका यस्ता भ्रमको पछि नलाग्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिकुल परिस्थितीमा भयवित जनताको भावनालाई बहकाएर जनस्वास्थ्यमाथी खेलबाड गर्ने जोकसैलाई पनि कानुनी कारबाहिको दायरामा ल्याउन मन्त्रालयले माग समेत गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जारी स्थायी समिती बैठकमा बरिष्ठ नेता माधबकुमार नेपालले कोरोना सक्रमण नहुने भन्दै सदस्यहरुलाई भाईरस रिमुभीङ कार्ड वितरण गर्नुभएको थियो । सोही प्रकरणले जनतामा भ्रम छरिएको भन्दै मन्त्रालयले दोषिलाई कारबाहिको माग गरेको हो । 


प्रतिक्रिया