एकै दिन ७४० जना नयाँ संक्रमित थपिए

असार १९, २०७७ | काठमाडौं

नेपालमा थप ७ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या एकै दिन सक्रमित हुने हालसम्मकै उच्च संख्या हो । 

आज सक्रमित भएकाहरुसंगै मुलुकभर कुल सक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले सक्रमणका कारण काठमाडौंको बानेश्वरका एक जनाको मृत्यु भएको जानकारी गराउनुभयो । योसंगै कोरोना सक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

नेपालमा हालसम्म ८ जिल्लामा ५ सयभन्दा बढि सक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । प्रदेश २ र ५ का तीन तीन र कर्णाली र सुदुरपश्चिमका एक एक गरी ८ जिल्लामा सक्रमितको संख्या ५ सय नाघेको प्रबक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

यसैबीच, सरकारले कोरोना भाइरसको परिक्षणको दायरा बढाउने निर्णय गरेको छ । अब क्यान्सर, मधुमेहका विरामी, आपतकालिन सेवा र आइसियुमा अस्पताल भर्ना भएका, प्रभावित क्षेत्र, स्वास्थ्यकर्मीको परिक्षण गरिने मन्त्रालयले जनाएको छ ।

हालसम्म २ लाख ४२ हजार २ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । मुलुकका बिभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ र आइसोलेसनमा ९ हजार ८४ जना रहेका छन् । कोरोना सक्रमणपछि पछिल्लो २४ घण्टामा ८ सय २३ जना स्वास्थ्य लाभपछि घर फर्किएका छन् । आ घर फर्किएकासंगै कोरोनालाई जितेर घर फर्कनेको कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ ।


प्रतिक्रिया