रसुवागढी नाकाबाट सामान आयात सुरु

असार २२, २०७७ | रसुवा

मुलुकको उत्तरी रसुवागढी नाका सञ्चालनमा आएको छ । कोरोना संक्रमणका कारण साढे ५ महिनादेखि बन्द रसुवागढी नाकाबाट आज बिहानैबाट सामान आयात एकतर्फी खुलेको हो । 

कोरोना भाइरसको जोखिम कम गर्न भन्दै नाकाबाट आयात–निर्यात पुर्णरुपमा बन्द गरिएको थियो । बिहानसामान बोकेका ४ वटा कन्टेनर चीनबाट नेपाल प्रवेश गरेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो । 

बिहान आयत भएका सबै सामान रेडिमेड जुत्ता, चप्पल, लत्ताकपडा छन् । ४ वटा कन्टेनरमा ल्याईएका ती सामान १० देखि १२ कन्टेनरमा राखेर नेपालका बिभिन्न शहरमा पुर्‍याईनेछ । 


प्रतिक्रिया