नेकपा विवाद समाधानका लागि बिभिन्न विकल्पमाथि छलफल

 फाइल तस्बिर

असार २२, २०७७ | काठमाडौं

पार्टीभित्र आन्तरिक ध्रुबिकरण तिब्र बनिरहेका बेला नेकपा विवाद समाधानका लागि शीर्ष तहमा छलफल जारी छ । स्थायी कमिटी बैठक २ दिन स्थगित गरेर दुई अध्यक्ष सहमतिका लागि छलफलमा जुटेका हुन् । 

पछिल्ला वार्ता सकारात्मक दिशामा अघि बढेपछि नेकपाले बुधबारसम्मलाई स्थायी कमिटि बैठक स्थगीत गरी सहमतीको प्रयास जारी राखेको हो । दुई अध्यक्षबिच बिहान काठमाडौंको वालुवाटारमा वान टु वान र द्विपक्षीय छलफल भएको थियो । 

छलफल बिभिन्न ५ प्रस्तावमा केन्द्रित रहेको नेकपा स्रोतले जनाएको छ । जसमा पुर्ण अधिकारसहित पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेबारी दिनेदेखी बरिष्ठ नेता माधवकुमार नेपाललाई सरकार सञ्चालनका लागि उच्चस्तरिय संयन्त्रको संयोजक बनाउने सम्मका प्रस्तावमा छलफल अघि बढेको छ ।

हिजोको बैठकमा सहभागी थप २–२ जना नेताले तयार पारेको प्रस्तावमा आजको छलफल केन्द्रित छ । नेकपा स्थायी समिती सदस्य सुवास नेम्वाङले सहमती जुटाएर मात्र स्थायी कमिटिको बैठकलाई निरन्तरता दिने गरी २ दिन बैठक रोकेको बताउनुभयो । आन्तरिक विवाद समाधानका लागि अध्यक्ष ओली र दाहालसंगै पार्टीका अन्य नेताहरुले पनि बिभिन्न विकल्पहरुमाथी छलफल जारी राखेका छन् ।

यसैबिच नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदुत होउ यान्छीको सक्रियता बढेको छ । राजदुत यान्छीले गएराती बरिष्ठ नेता माधवकुमार नेपालसंग भेटवार्ता गर्नुभएको थियो । छलफलको बिषय बाहिर नआएपनि नेकपा फुटको दिशामा अघि बढेका बेला भएको यो भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।  


प्रतिक्रिया