तेह्रथुमको लालीगुराँस नगरपालिकामा एक जनामा कोरोना पुष्टि

असार २४, २०७७ | तेह्रथुम

तेह्रथुमको लालीगुराँस नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लालीगुराँस नगरपालिका ६ सुङनामका २६ बर्षिय पुरुषमा कोरोना भाईरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिनुभयो । 

उनी सहित अन्य ११ जनाको गत शुक्रबार स्वाव संकलन गरी परीक्षणका लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो । अन्यको टिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमण देखिएका युवा केही दिन अघि मात्र साउदी अरेबियाबाट आएका थिए । 

बसन्त मावीको क्वारेन्टिनमा राखिएका उनलाई मोरङमा रहेको कोरोना अस्पतालमा लैजाने तयारी भैरहेको प्रजिअ न्यौपानेले बताउनुभयो । 


प्रतिक्रिया