प्रतिनिधिसभामा काँग्रेसले असभ्य व्यवहार देखायोः केपी ओली

जेष्ठ ४, २०८१ | काठमाडौं

सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा काँग्रेसले असभ्य व्यवहार देखाएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको हिजोको बैठकमा काँग्रेस उपसभापति धनराज गुरुङको व्यवहारप्रति लक्षित गर्दै एमाले अध्यक्ष ओलीलले काँग्रेसले अपशब्द प्रयोग गरेर सभ्य ब्यवहार नगरेको बताउनुभएको हो ।

विपक्षी दलका शीर्ष नेताहरुसहितको संयुक्त बैठकमा भाग लिन संसद भवन पुगेका ओलीलले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै काँग्रेसको ब्यवाहार सभ्य नभएको बताउनुभएको हो ।

हिजोको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै काँग्रेसले रोस्ट्रममा जान नदिएपछि अध्यक्ष ओलीले उठेर रोस्ट्रममा जान इसारा गर्नुभएको थियो । सो क्रममा सत्तापक्षा र प्रतिपक्ष दलका नेताबीच तनाव उत्पन्न भएका थियो ।  


प्रतिक्रिया