विभिन्न मुलकबाट २६ हजार ३ सय ९६ जना नेपालीको उद्दार

रेडियो कान्तिपुर संवाददाता

असार २९, २०७७ | काठमाडौं

कोरोना संक्रमणदर नियन्त्रणका लागि भन्दै सरकारले मुलुकमा गरेको लकडाउनयता विभिन्न मुलुकबाट २६ हजार बढी नेपालीलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।

 कुटनीतिक निकाय र गैरआवासीय नेपाली संघको सहयोगमा सरकारले विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरेको हो । विभिन्न एयरलाइन्सका १ सय ४९ उडान फ्लाइटमार्फत उनीहरु स्वदेश फर्किएको गैरआवासीय नेपाली संग एनआरएनएले जनाएको छ । 

गत जेठको मध्यदेखि सुरु उद्धार उडानमार्फत हालसम्म सबैभन्दा बढी संयुक्त अरब एमिरेट्स युएईबाट ५ हजार ५ सय २७ सय जनालाई स्वदेश ल्याइएको छ । कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी ५ हजार २ सय ४३ जनाको उद्धार गरिएको छ । यस्तै साउदी अरबबाट ४ हजार ३० जना, मलेसियाबाट ३ हजार ५३ र कतारबाट २ हजार ८ सय ८४ जना स्वदेश फर्किएका छन् ।

यो अवधीमा १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी रहेको एनआरएनएले जनाएको छ ।

सरकारले उद्धार उडानका लागि दोश्रो पटक तय गरेको समय हिजो सकिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले तेश्रोपटक एक साताका लागि समय थप गरेको छ । पर्सी बुधबारदेखि साउन ६ गतेसम्म ४२ वटा उद्धार उडान हुने सीसीएमसीले जनाएको छ ।


प्रतिक्रिया