पोलिमर नोट छपाई प्रकरण : डा. रावलसहित तीनै जनालाई सफाई

असार ३०, २०७७ | काठमाडौं

पोलिमर नोट छपाई सम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्व गभर्नर डा. तिलक रावलसहित तीनै जनाले सफाइ पाएका छन् । 

डा.रावल सहित राष्ट्र बैंकको नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौडेल र नोट प्रिन्टिङ अष्ट्रेलियाका नेपाली प्रतिनिधि हिमालयबहादुर पाँडेले विशेष अदालतबाट सफाइ पाएका हुन् । 

अदालतका अध्यक्ष्य शिवराज अधिकारी तथा सदस्यद्वय बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको संयुक्त इजलासले अख्तियारको दाबी नपुगेको भन्दै उनीहरुलाई सफाइ दिएको हो ।

१० रुपैयाँ दरका पाँच करोड थान नोट छपाईमा २ करोड ७३ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्द २०७५ पुसमा जनही ९१ लाख ९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।     


प्रतिक्रिया