पर्सा र बारामा थप ५० जनामा कोरोना संक्रमण

श्रावण ५, २०७७ | पर्सा

पर्साको नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

संक्रमित मध्ये ४६ जना बारा र ४ जना पर्साका वासिन्दा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार बाराका ४६ जना देवतल गाउँपालिकाको क्वारेन्टाइनका हुन् । 

पर्साका चारजना भने होटल कुमु प्यालेसको क्वारेन्टाइनमा बसेका थिए । कुल ५० मध्ये १० जना महिला छन् । संक्रमितलाई आइसोलेसन वार्डमा लैजाने तैयारी भइरहेको छ । 


प्रतिक्रिया